मान्यले मुड्की हान्दा महाभारत
कपन अनलाइन /२२ असार ।
‘बिल्ला सांसदको, व्यवहारचाहिँ चुल्ठे–मुन्द्रेको…।’ भन्दै पूर्वमन्त्री घेराउमा परे । ‘माफ पाऊँ हजुर, माफ पाऊँ’ भन्दै पूर्वमन्त्रीको याचना । तर, गाउँले भन्छन्, ‘यस्तालाई के को माफी ? ठोक्ने हो ठोक्ने हो… ।’
संसद्को विधायन समितिले मुलुकी ऐन– २०१९ लाई प्रतिस्थापन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न काठमाडौंबाट पठाएको १८ सदस्यीय टोलीका एकजना मान्यज्यू (पूर्वमन्त्री) गत मंगलबार भक्कुमार कुटाई खाई काठमाडौं फर्किएको प्रसंग हो यो । संसदका तीन र जाइकाका दुई कर्मचारीसहित समितिका १२ जना सांसद असार १२ गते अपराह्न बुद्ध एयरको उडानबाट धनगढी अवतरण भए । तर, जहाज चढ्दासम्म खासै केही नबोलेका पूर्वउद्योगमन्त्री तथा बाजुराका सांसद कर्णबहादुर थापा जब धनगढीमा ओर्लिए, तब व्यहोरा नै फरक ।वातानूकुलित सहर काठमाडौंबाट त्यहाँ ओर्लंदा गर्मीका कारण टोलीका सबै सदस्यले भोलिपल्टै धनगढी छाड्ने निधो गरे । कार्यक्रम थियो, सुदूरपश्चिमका महेन्द्रनगर र डोटीमा अवस्थित पुनरावेदन अदालतका न्यायाधीशहरूसँग नयाँ विधेयकबारे छलफल । मंगलबारको कार्यक्रम थियो, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा र बुधबार डोटी पुनरावेदनमा । आइतबार धनगढी ओर्लनासाथ कर्णले टोलीमा सहभागी नभएका बझाङका समानुपातिक सांसद अफिलाल उखेडा, एलबी रावल र महेन्द्रनगरका कृपाराम रानालाई भेला पारे । उसै दिन महेन्द्रनगर गएर बस्ने र भोलिपल्ट कार्यक्रम गरेर डोटी प्रस्थान गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार राधेश्याम अधिकारी, लक्ष्मणलाल कर्ण, रेवतीरमण भण्डारीहरूले हतार गर्दै कर्णलाई पनि साथमै जान भने । तर, उनले मानेनन् । भने, ‘हाम्रो त आफ्नो प्रदेश प¥यो । हाम्रै हिसाबले आउँला, तपाईंहरूलाई मन भए जानुस् ।’ कर्णको टोली मंगलबार विहान महेन्द्रनगर पुग्यो । अरु सांसद कार्यक्रम सिध्याएर खाना खाएर डोटीका लागि हिँड्ने तयारीमा थिए । तर, कर्णको आफ्नै सेड्युल बन्यो । उनीसहित तीन सांसद अरुसँग हिँडेनन् ।
महेन्द्रनगरबाट डोटीतिर जाँदा बाटोमा पर्ने चिसो ठाउँ खानीडाँडामा टोलीले आराम ग¥यो । र, त्यहाँबाट धनगढी हुँदै डोटीका लागि जहाज चढ्ने योजनासाथ कर्णहरू केही समय पछि हिँडे । तर, दिउँसो २ बजे अत्तरियाको पहाड रोड पुग्दा तमासा भयो । कर्ण भन्दै थिए, ‘कमला (पत्नी) लाई सुकेको नरिवल असाध्यै मन पर्छ ।’ अफिलालले भने, ‘तो किनिहाल्नुस्, के बात छ र †’ अत्तरियामा गाडी रोकियो । कर्णले गणपति स्टोरका पसलेसँग दाम सोधे ।
जवाफ पाए, चार सय ५० को । कृपारामले ‘यो त महङ्गो भयो’ मात्र के भनेका थिए, कर्ण चम्किन थालिहाले, ‘हाम्लाई ठग्ने ? चिन्या छ, हम को हुँम्…† मन्त्री हुँम् मन्त्री †’ पसलेले भने, ‘मैले त हजुरलाई पर्ने दाम भनेको, किन्ने–नकिन्ने हजुरको कुरा…†’ यसपछि छातीमा भिरेको बिल्ला देखाउँदै कर्ण पड्किए, ‘सालेलाई जाक्दिऊँ…†’ गरिखानका लागि पसल थापेर बसेका बिचरा पसलेको के दोष † आफूलाई मन्त्री दावी गर्नेले फुर्ति झारेपछि पड्किए, ‘ल, तिम्ले के सक्छौ, गर…†’ यसपछि कोटको बाउला सुर्किएका कर्णले पसलको सोकेसमा एक मुड्की बजारे । सिसा झ¥यामझुरुम फुट्यो । यतिबेरसम्म वरिपरिका पसले जम्मा भइसकेका थिए । कर्णको हातबाट रगतको भल बग्न थाल्यो । पसलेले छरछिमेकलाई वास्तविकता बताए । ‘ए, यो मन्त्री † यसलाई जुत्ताले हान्’ भन्दै एकजना चौधरी कराएका मात्र थिए, पूरै अत्तरिया उर्लियो । तानातान शुरु भयो । अफिलाल, कृपाराम र एलबीहरू भिडलाई सम्झाउन खोज्दै थिए, तर आक्रोशित भीड रहेछ एमालेविरोधी । अलिक सुझबुझ भएका मान्छेहरू भन्दै थिए, ‘यसलाई कालो मोसो दलेर, जुत्ताको माला लगाएर लखेट्ने हो, कुट्ने होइन…†’ यसो भन्दाभन्दै अत्तरिया प्रहरीको भ्यान पुग्यो । भीडलाई सम्झायो, ‘मान्यज्यूहरू हुनुहुन्छ, छाडिदिनुस् ।’ एक जना भद्रजस्ता देखिने पुरुषले भने, ‘हामीलाई मान्यज्यूसँग के मतलब । यहाँ आएर आबाराले जस्तो पसल फुटाउँदै हिँड्नेलाई त्यहीअनुसार कारवाही हुनुपर्छ ।’ छेउबाट अर्का कराए, ‘काँक्रो चार्नेलाई मुड्की नै हान्ने हो ।’ यसपछि प्रहरीले अत्तरियाका स्थानीय केही पसले सहजपुर गाविसका पूर्वअध्यक्ष दामोदर रिजाल, कर्ण थापा, एलबी रावलहरूबीच छलफल चलायो । कर्णले हिर्काएर सिसा फुटेको पसलका मालिकले हजार रूपैयाँ जति क्षति भएको बताए । एलबीले पर्सबाट १५ सय झिकेर दिए । कर्णले रगताम्य हात जोड्दै फेरि माफ मागे । र, स्थानीय पद्मा हस्पिटलमा जँचाए ।
यतिबेलासम्म धनगढीबाट डोटीका लागि उड्ने जहाज छुटिसकेको थियो । धनगढी पुगेर त्यो साँझ कर्ण त्यहीँको एक अस्पतालमा भर्ना भए । उनको बूढी औँला करिब–करिब भाँचिएको छ । बद्नाम हुने डरले घटनाबारे स्थानीय पार्टी कार्यकर्तालाई खबर गरेनन् । र, भोलिपल्ट विहान ८ः३० बजे बुद्ध एयरको उडानबाट काठमाडौं फर्किए । सुशील कोइरालाको पालमा उद्योगमन्त्री रहेका कर्णलाई भ्रष्टाचारकाण्डमा एमालेले अपदस्थ गरेको थियो । जनआस्था साप्ताहिकमा खबर छापिएको छ ।