सरकार कमलनयनाचार्यद्वारा अतिक्रमित क्षेत्रलाई बैधानिकता दिने तयारीमा

सरकार कमलनयनाचार्यद्वारा अतिक्रमित क्षेत्रलाई बैधानिकता दिने तयारीमा
कपन अनलाइन, जेठ २७, २०७३
विवादास्पद स्वामी एव‌ं मुक्तिनाथ पिठाधीश कमल नयनाचार्यले अतिक्रमण गरेको भनिएको त्रिवेणी गजग्राह क्षेत्रलाई वैधानिकता दिने अन्तिम तयारीमा सरकार लागेको छ।   चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित क्षेत्र मान्दै आएको पश्चिमी सिमानामा रहेको सो क्षेत्रमा कमलनयनाचार्यले भब्य मन्दिर र विद्यापिठहरु बनाउँदै आएका छन्। सो जग्गा अतिक्रमणको अभियोगमा गत वर्ष निकुञ्जले कमलनयनका सहायकलाई पक्राउ समेत गरेको थियो।
चितवन राष्ट्रिय निकुञ्ज पूर्वी भेगमा रहेको पदमपुर बस्तीलाई नयाँ ठाउँमा सारेपछि निकुञ्जको क्षेत्रफल विस्तार भएको थियो। पदमपुरको जमिन बराबर त्रिवेणी क्षेत्रको जग्गा निकुञ्जको सिमानाबाट कटाउने प्रस्ताव वन मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषदले सीमानासम्बन्धी यो प्रस्ताव स्वीकृत गरेमा कमलनयनाचार्यले बनाएको आश्रम क्षेत्र निकुञ्ज सिमाना भन्दा बाहिर पर्नेछ। विवादास्पद स्वामीले गैरकानुनी रुपमा कब्जा गरेको १५ बिघा जग्गाले वैधानिकता पाउनेछन् । पदमपुरबाट बस्ती निकुञ्ज बाहिर सारेपछि २१ वर्ग किलो मिटर जमिन खाली भएको छ। त्यो बराबारको जमिन त्रिवेणी क्षेत्रबाट निकुञ्जको सिमाना बाहिर पार्ने प्रस्ताव विभाग, वन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा छलफलका लागि गएको छ  । निकुञ्ज सीमा भित्रै कमनयनाचार्यले बिना स्वकृति भौतिक संचरना निर्माण गरे पनि हटाउने रोक्ने आँट सरकारी निकायले गरेको छैन।

निकुञ्जले निकालेका आधिकारिक प्रकाशनहरुमा विवादस्पद स्वामीको आश्रमलाई पहुचवालाहरुको संरक्षण रहँदै आएको मानिन्छ ।   विवादस्पद व्यक्तित्व कमलनयनले केन्द्रबाट सोर्सफोर्स लगाएका भरमा शक्तिको दुरुपयोग हुँदै आएको समाचार पटकपटक आइरहने गरेको छ ।

himal

तपाइँको प्रतिक्रिया ।