प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण (आलेख)
कपन अनलाइन, जेठ २७, २०७३
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । जुन ५ लाई विश्वभर वातावरण दिवस मनाइरहँदा मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने ‘साइलेन्ट किलर’को रुपमा रहेको वायु प्रदूषणबाट वर्सेनी ३५ लाखदेखि ७० लाखको अकालमै ज्यान लिएको मात्रै छैन, विश्वका ८० प्रतिशतभन्दा पनि बढी मानिस प्रदूषित हावामा श्वास फेर्न बाध्य भएको भन्ने तथ्याङ्कले जनस्वास्थ्यमा जटिलताहरु थपिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले गरेको पछिल्लो अनुसन्धानमा विश्वका निम्न तथा मध्य आय भएका देशका सहरहरुमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने गरेको विषयलाई विश्वका विभिन्न सञ्चारमाध्यमले प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । यी देशका ९८ प्रतिशत सहरको वायुको गुणस्तर निकै कमजोर रहेको समाचारमा जनाइएको छ ।
सन् २००० देखि २०१३ सम्म ६ प्रतिशतले पिएमको मात्रा वृद्धि भएको अमेरिकी याले विश्वविद्यालयले प्रकाशित गरेको वातावरणीय स्थितिको सूचकाङ्क २०१६ प्रतिवेदनमा उल्लेख छ । सन् २००० मा वायु प्रदूषणबाट २२ लाखको मृत्यु भएकामा २०१३ मा २९ लाखको मृत्यु भएको छ । घरभित्र र वाहिरको वायु प्रदूषणले पनि सन् २०१३ मा कम्तिमा ५५ लाखको मृत्यु र एक अर्ब ४१ लाख ५० हजारले स्वास्थ्य जीवन गुमाइरहेको प्रतिवेदनमा जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको जनस्वास्थ्य विभागका प्रमुख मारिया नेइराको भनाइलाई उदृतगर्दै फ्रान्सेली समाचार समिति, एएफपी लेख्छ, संसारमा वायु प्रदुषणबाट सिर्जित नागरिकको स्वास्थ्यजस्तो सम्बेदनशील विषयले थप सम्वेदनशील अवस्थामा पु¥याएको छ । आगामी दिनमा पनि स्वास्थ्यमा सुधारको लागि सबैले ध्यान नदिने हो भने यसले फोक्सोको क्यान्सरजस्तो घातक रोगलाई आमन्त्रण गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको स्वास्थ र वातावरणसम्बन्धी मापदण्डबाट विश्वका अधिकांश देशका सहरहरु तल झरिसकेका पनि सो अनुसन्धानबाट खुलेको छ ।
शहरी क्षेत्रमा वासोवास गर्ने विशवका करिब ८० प्रतिशत मानिसहरु विश्व स्वास्थ्य सङ्गठनले तोकेको वायुको गुणस्तरभन्दा बढी प्रदूषणको सिकार बनिरहेका छन् । खासगरी कम आयस्तर भएका शहरी क्षेत्रका वासिन्दा बढी प्रभावित छन् । पछिल्लो शहरी वायु गुणस्तर तथ्यांकअनुसार गरिब र तीब्र आर्थिक विकासको क्रममा रहेको मध्यपूर्व र दक्षिणपूर्वी एसियाका मध्यमस्तरका मुलुकमा ९८ प्रतिशत शहरहरुमा वायुको गुणस्तर मापदण्डअनजुसार छैन । विश्व स्वास्थ्य सङ्गठनका सहायक महानिर्देशक डा फभिया बस्ट्रेओले भनेजस्तै वायु प्रदूषण अधिकांश हरमा वायुको गुणस्तर कायम नगर्ने हो भने आगामी दिनमा यो समस्या अझ विकराल भएर जानेछ र मृत्युको मुख्य हिस्सा नै वायु प्रदूषण बन्नेछ ।
सङ्गठनले २००८–२०१३ मा ६७ देशका ७९५ शहरमा वायु गुणस्तरबारे गरेको अध्ययनले विश्वव्यापी वायु प्रदूषणको तह आठ प्रतिशतले वृद्धि भएको र यो गरिब मुलुकहरुम बढी समस्या रहेको निस्कर्ष निकालेको छ । सङ्गठनको वायु गुणस्तर निर्देशकिा ७० देखि २० माइक्रोग्राम प्रति वर्गमिटर पिएम १० लाई कम गर्ने हो भने वायु प्रदूषणबाट हुने मृत्युलाई १५ प्रतिशतले कम गर्न सकिने एएफपीले हालै प्रकाशित समाचारमा जनाइएको छ ।
सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरुको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा वायुमा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख देखिए पनि गरिब देशमा भने स्थिति झनभन्दा झन ह्रासोन्मुख हँुदै गएको छ । सङ्गठनको शहरी वायु प्रदूषण तथ्याङ्क २०१६ अनुसार विश्वका ठूला शहरहरुमा नयाँ दिल्ल्ली, कायरो, ढाका, कोलकता, मुम्बइ, बेझिङ, साङ्घाइ, इस्तानबुल, मेक्सिकोसिटीलाई प्रदूषित शहर हुन् । यी शहरमा करिब १४ करोड जनसङ्ख्या वसोवास गर्दछन् । वायु प्रदूषण हुने मुख्य कारणमा यातायातका साधनबाट निस्कने धुवाँ, औद्योगिक र कृषिजन्य प्रदूषण, खाना पकाउन प्रयोग हुने दाउरा आदि रहेका छन् ।
वायु प्रदूषणको उच्च जोखिममा रहेको चीनले सन् २०११ देखि ल्याएको प्रदूषण नियन्त्रमा गरेको पहले अहिले निकै सुधार आएको छ भने भारत भने प्रदूषणको उच्च जोखिममा रहेको छ । विश्वका ३० प्रदूषित शहरको सूचीमा भारतका १६ वटा शहर पर्दछन् भने चीनका पाँचवटा शहरमा मात्रै प्रदूषणको समस्या रहेको छ । यद्यपि, विश्वमा वायु प्रदूषणको चपेटामा रहेको चीनमा हरेक पाँचजनाको मृत्युमा एकको मृत्युको कारण बनेको छ अर्थात दैनिक चार हजारले अकालमै मृत्युवरण गरिरहेको अवस्था चिनीयाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
विश्वका आधा जनसंख्या असुरक्षित वायु गुणस्तरको अवस्थामा रहेका छन् भने तीमध्ये एक अर्ब ३० करोड पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा वासोवास गर्दछन् । दक्षिण एसियाको वायु प्रदूषणले बर्सेनी १७ लाख मानिसलाई अकालमै ज्यान लिने गरेको छ । यो संख्या विश्वका वायु प्रदूषणबाट मर्नेको ३० प्रतिशत हो ।
घरभित्रको धुवाँको कारण विश्वमा बर्सेनी २० लाख मानिसले ज्यान गुमाइरहेका छन् । विश्वका मानव मृत्युका प्रमुख कारणमध्ये घरभित्रको धुवँँ चौथो स्थानमा रहेको छ । विश्वको जनसङ्ख्याको झण्डै आधाभन्दा बढी विशेषगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका मानिसले खाना पकाउन र तापका लागि जैविक ऊर्जाको प्रयोग गर्दछन् । यसले उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्नुको साथै वातावरणमा नकारात्मक प्रभाव पारेको छ । विश्वको आर्थिक विकासको मुख्य आधार खनिज तथा जैविक ऊर्जाको खपतलाई स्वच्छ तथा नवीकरणीय ऊर्जाले प्रतिस्थापित गर्न नसकिएसम्म वायु प्रदूषणलाई कम गर्न सकिंदैन । ऊर्जा सम्बद्ध उत्सर्जनलाई २०१० को तुलनाबाट करिब ७० प्रतिशतले कटौती गरी न्यून कार्बन ऊर्जा उत्पादनतर्फ वातावरणविद्को जोड रहेको छ ।
वायु प्रदूषण गर्ने प्रमुख पदार्थहरूमा सल्फर अक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, अर्गा्निक पदार्थ, वायुमण्डलीय सुष्म कण, ओजोन ग्यास आदि हुन् । यस्ता पदार्थहरू श्वास फेर्दा श्वास नली हुँदै फोक्सो तथा रक्तसञ्चार प्रणालीसम्म पुग्न सक्छन् र मानव स्वास्थ्यमा प्रतिकूल असरहरू देखा पर्छन् । वायुमण्डलमा धुलो र धुवाँमा रहेने कण श्वास नली हुँदै फोक्सोमा पुगेपछि श्वासप्रश्वाससम्बन्धी रोग, दम, निमोनिया, खोकी, ब्रोङ्काइटिस, एलर्जीदेखि क्यान्सरसम्मका रोगहरुको सङ्क्रमणलाई बढाएको छ । डब्लुएचओको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन समितिले गरेको एक अध्ययनले वायु प्रदूषण फोक्सो क्यान्सरको प्रमुख कारण भएको जनाएको छ । युरोप, दक्षिण र उत्तरअमेरिका तथा एशियामा गरिएको अध्ययनमा बढ्दो वायु प्रदूषणसँगै विभिन्न नसर्ने रोगको खतरा बढिरहेको समेत देखाएको छ । वायु प्रदूषणले श्वासप्रश्वास प्रणाली र मुटुमा सबैभन्दा बढी असर गर्ने सो अध्ययनको आधारमा आगामी दिनमा यो विश्वका मृत्युको मुख्य कारण बन्नसक्ने समाचार एजेन्सीहरुले औँल्याएका छन् ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा मात्र नभई कृषि क्षेत्रमा पनि नकारात्मक असर गर्दछ । वायु प्रदूषणका कारण ओजोन तहमा विनास भई वर्सेनी ११ करोड मेट्रिक टन बालीनाली नोक्सान गरेको विश्व खाद्य सङ्गठनको एक प्रतिवेदनलाई अमेरिकी समाचार संस्था एपीले आफ्नो समाचारमा उल्लेख गरेको छ । वातावरण स्वच्छ र स्वस्थ राख्न स्वच्छ ऊर्जा प्रविधिमा जोड, दाउरा या कोइलाको प्रयोगलाई निरुत्साहित तथा सवारी साधनको प्रदूषण मापदण्ड, औद्योगिकीकरणलाई वातावरणमैत्री तथा हरियाली सडकजस्ता कार्यत्रहरुम जोड दिन सकिएमा सुरक्षित पृथ्वीको निर्माण गर्न सकिन्छ र भावी पुस्ताले स्वस्थ जीवनको सुनिश्चितता पाउन सक्दछन् ।
अन्तर्राष्ट्रिय आलेख सेवा /(कृष्ण अधिकारी)
रासस (विभिन्न समाचार एजेन्सीको सहयोगमा) फोटो-बिभिन्न एजेन्सी