पासाङलामु राजमार्ग अवरुद्ध

कपन अनलाइन ,१५ जेठ/ धुन्चे (रसुवा),  । आज बिहानको वर्षाका कारण पासाङलामु राजमार्ग अन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार वर्षाका कारण सडकमा पहिरो खसेकाले सडक अवरोध भएको र अवरोध हटाउने कार्य सुरु भइसकेकाले दुई÷तीन घन्टामा सडक खुल्ने अनुमान गरिएको छ ।

केरुङबाट सामान लिएर आएका ३०÷३५ वटा मालवाहक कन्टेनर र नियमित यात्रुवाहक बस रोकिएका छन् । रोकिएका सबै सवारीसाधन आज साँझसम्म सबै आआफ्नो गन्तव्यमा पुग्ने प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।