अब माओवादी आतंककारी रहेन रे …..
अमेरिकाले एकीकृत नेकपा माओवादीलाई आंतककारीको सूचिबाट हटाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एमाओवादीलाई सूचिवाट हटाएको वेबसाइटमार्फत जनाएको छ ।
अमेरिकाले माओवादीलाई सन् २००४ देखि नै आंकतकारीको सूचिमा राखेको थियो । हिंसात्मक बिद्रोह त्यागेर माओवादी शान्ति प्रकृयामा आएको झण्डै ८ वर्षपछि अमेरिकाले आंतककारीको सूचिबाट हटाएको हो ।
अमेरिकाले माओवादी शान्तिपूर्ण र प्रजातान्त्रिक राजनीतिक सम्बादको मार्गलाई निरन्तरता दिने आशा राखेको वेबसाइटमा उल्लेख छ । तर वेबसाइटमा एकीकृत नेकपा माओवादीलाई पुरानै नामबाट सम्बोधन गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।