बालउद्धार उच्च मा वि ले दोश्रो वर्ष पुरा गर्यो..

 

बालउद्धार उ.मा.वि. कपन ३ ले आज आफ्नो १० जोड २ कक्षा सञ्चालन गरेको दोश्रो वर्ष पूरा गरेको अवसरमा विद्यार्थी शुभकामना कायक्रम सम्पन्न गरेको छ । बाल उद्धार उच्च माध्यमिक विद्यालय सामुदायिक रुपमा सञ्चालित शिक्षण संस्था हो । यसको स्थापना २०४६ सालमा प्राथमिक विद्यालयको रुपमा भएको थियौ । यस विद्यालयको १० जोड २ कक्षामा व्यवस्थापन, मानविकी र शिक्षा समुहअन्तर्गतका विषयहरुमा पठन पाठन भइरहेका छन् ।
जताततै महँगो शुल्कमा तडकभडकसहित सञ्चालित निजी शिक्षण संस्थाहरुको विज्ञापन भैरहेको वर्तमान अवस्थामा निम्नमध्यमवर्गका किशोरकीशोरीहरुलाई न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिन भने यस विद्यालयलाई थप चुनौती रहेको देखिन्छ । भौतिक पुर्वाधारको हिसाबले यस क्षेत्रको नै नं १ रहेको यस विद्यालयले हालसम्म शैक्षिक गुणस्तरमा उल्लेख्य सफलता हासिल गरेको देखिएको छैन ।

यसै बीच भाद्र २ गते बसेको स्थानीय बुद्धिजिवी एवं समाजसेवीको भेलाले बाल उद्धार उच्च मा वि भवनमा कपन बहुमुखी क्याम्पस सञ्चालन गर्ने निर्णय गरी क्याम्पस सञ्चालनार्थ तदर्थ समिति समेत गठन गरेको छ ।

तपाइँको प्रतिक्रिया ।