शनिबार नयाँ बजेट पेस हुँदै

20160411051836_bajet

कपन अनलाइन, काठमाडौँ, १३ जेठ, २०७३

सरकारले आगामी आव २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत गर्न सदनसमक्ष गर्नुभएको अनुरोधलाई स्वीकार गर्दै सभामुख ओनसरी घर्तीले यही जेठ १५ गते अपराह्न ४ बजे पेस गर्ने गरी समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

उहाँले बजेट प्रस्तुत हुने उक्त दिन सांसदहरुलाई ३.४५ बजेभित्रमा सदनमा उपस्थित भइसक्न पनि निर्देशन दिनुभयो । संविधानतः हरेक वर्ष सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्नेछ । यसअघि असारको अन्तिम साता बजेट प्रस्तुत हुँदै आएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।