गच्छदारका कारण आइजीपी नियुक्ति हुन् सकेन ..

उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको ढिपीका कारण नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्तिमा विलम्ब भइरहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) रवीन्द्रप्रताप शाहले कायममुकायम आईजीपी तोकिदिन आग्रह गरे पनि सोमबारको मन्त्रिपरिषद् बैठक यस विषयमा निर्णय लिन असमर्थ रह्यो ।

प्रधानमन्त्री बाबुराम भट्टराईले अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेरसिंह रानालाई आईजीपी बनाउन चाहे पनि गच्छदारसँगको मतान्तरका कारण निर्णय लिन सकिरहेका छैनन् । वरीयता क्रमले पहिलो नम्बरमा रहेका राना इमान्दार र व्यावसायिक छविका कारण प्रहरी संगठनमा लोकप्रिय छन् ।

गच्छदारले आफूसँग विभिन्न किसिमले निकट एआईजी भीष्म प्रसाईंलाई आईजीपी बनाउनुपर्ने अडान राख्दै आएका छन् । यसका लागि उनले राजनीतिक लबिङ गरिरहेका छन् । गृहमन्त्रीले प्रस्ताव नै नल्याएकाले सरकारमा मधेसी दलहरूसँगको गठबन्धनका कारण भट्टराईलाई गच्छदारसँग द्वन्द्वमा गई एकतर्फी निर्णय लिन अप्ठ्यारो परेको छ ।

तपाइँको प्रतिक्रिया ।