कपन महोत्सवको फेरि मोटरसाइकल र्याली गरिने

कपन महोत्सव तयारीको बारेमा कपन अनलाइन तथा स्थानीय धेरैले निराशा व्यक्त गरेपछि आयोजक फेरि मोटरसाइकल र्यालीको तयारीमा जुटेको छ । कपन गाविस तथा विभिन्न दलहरुसँग सहमति जुटाएर कपनको तीन प्रमुख राजनीतिक दलहरु एमाओवादी, ने.का. र एमालेको अगुवाइमा मोटरसाइकल र्याली हुन लागेको हो ।

कपन महोत्सवको मूख्य उद्धेश्य, लक्ष्य साथै कार्यक्रम आयोजना स्थलका बारेमा समेत चारैतिर विवादित बहस हुन थालेपछि आयोजक जुर्मुराउन खोजेको हो ।  विशेषगरी कपनको बारेमा न्यून ज्ञान भएका व्यक्ति मात्र आयोजक कमिटिमा रहनुलाई धेरैले नकारात्मक व्याख्या गरेपछि नयाँ सचिवालय बनाउने तयारी भैरहेको छ । जसमा समेट्न पर्ने सबै व्यक्ति, समुदाय तथा संस्थालाई प्रभावकारी रुपमा अटाउने व्यवस्था गरिने जानकारी दिइएको छ ।

महोत्सव आयोजनाको मिति एकदमै नजिकिँदै गर्दा कपन महोत्सव रमाइलो मेलामा मात्र सिमित हुने हो कि भन्ने चौतर्फि दबाव खप्दै आएको आयोजकले कपन महोत्सवको उद्धेश्य तथा महोत्सवको आकर्षणका विभिन्न बुँदा समेटेर नयाँ पर्चा पम्ल्पेट बनाएको छ ।

यसैबीच कपनमा पर्यटनको सम्भावना खोज्ने उद्धेश्य भनिएको यो महोत्सवबाट संकलित रकम कपनको सुन्दर डाँडा(कुन सुन्दर डाँडा ?) मा कपन टापु भ्यू प्वाइन्ट  बनाइने योजना आयोजकले बताइरहँदा सम्भावित स्थल भनेर अनुमान गर्न सकिने कपन- ६ मा रहेको ४०० रोपनी जग्गाभित्र रहेको डाँडो जुन मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृति लिएर नेपाल प्रहरीअन्तर्गत दंगा नियन्त्रण प्रहरीले उपभोग गर्दै आएको क्षेत्रभित्र पर्दछ, यस संस्थाले भ्यु टावरलाई जग्गा दिन नसक्ने जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।