बाबुराम भट्टराई लाई आफुले जे गरे पनि फलदायी लाग्छ ..
सन्दर्भ प्रमको इरान भ्रमण
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आङ्खनो इरान भ्रमण अत्यन्तै सफल भएको दाबी गरे । प्रधान मन्त्री भट्टराईले राष्ट्रिय समाचार समितिसंग इरानमा कुरा गर्दै असंलग्न आन्दोलनको महत्व दुनियामा बढ्दै गएको र त्यसको सकारात्मक प्रभाव पारेकाले यसको महत्व र सान्दभिर्कता अझ बढ्दै गएको बताए । भ्रमणका क्रममा विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखस“गको भेट पनि असाध्यै फलदायी भएको उनको भनाइ थियो । सम्मेलनमा नेपालले विशेÈगरी विश्व भाइचारा र विश्व शान्तिको पÔमा अभिमत जाहेर गर्दै आङ्खनो मन्तव्य राखेको र गरिबी, अशिÔा तथा विश्वका जनताको जीवनस्तरको प्रसङगलाई पनि जोडेको भन्दै प्रधानमन्त्री भट्टराईले यो गरिब देशहरुको सामूहिक एजेन्डा भएकाले पनि सो एजेन्डा सही भएको बताए । अतिकम विकसित देशहरुको समूह (एलडिसी)को अध्यÔ भएको नाताले पनि सम्मेलनमा नेपालको सहभागिता एकदमै महत्वपूणर््ँ र प्रभावकारी भएको उहांको दावी छ । सम्मेलनका क्रममा इरान आइपुगेदेखि नै अत्यन्तै व्यस्त रहनुभएका प्रधान मन्त्री भट्टराईले सोही अवधिमा संयुक्त राष्ट्रसङघका महासचिव बान की मुन, भारतीय प्रधानमन्त्री मनमोहन सिंह, बङगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद, इरानका राष्ट्रपति डा मोहम्मद अहमदिनेजाद, इरानका अन्य उच्च अधिकारी, क्युबा, भेनेजुयलालगायत विश्वका एक दर्जनभन्दा बढी राष्ट्रका प्रतिनिधि तथा उच्च अधिकारीहµस“ग भेटघाट र छलफल गरेका थिए । भ्रमण्ँकै क्रममा संयुक्त राष्ट्रसङघका महासचिव बान की मुन, भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा बङगलादेशकी प्रधान मन्त्री शेख हसिनास“गको भेट अझ महत्वपूणर््ँ र सार्थक रहेको उनले बताए ।