महामन्त्रिमा गगन थापाको विजयी माहौल बन्दै, कर्माछिरिङ शेर्पा जित्न सक्ने उम्मेदवार
कपन अनलाइन/फागुन, २३, २०७०
सबैको चासोको विषय बनेको काठमाडौं क्षेत्र नं. ४ बाट महामन्त्रि पदमा गगन थापा र केन्द्रिय सदस्यमा कर्माछिरिङ शेर्पालाई महाधिवेशनमा जित्न सक्ने उम्मेदवारको रुपमा लिइएको छ । क्षेत्र नंं ४ का अरु केही महाधिवेशन प्रतिनिधिले उम्मेदवारी दिएका भए पनि उनीहरुको उम्मेदवारी आफ्नो व्यक्तिगत इज्ज्तका लागि मात्र हुन सक्ने देखिएको छ । हिजो सार्वजनिक भएको एक सर्वेक्षण अनुसार गगन थापाले १२०० देखि १५०० मत प्राप्त गर्नेछन् ।
महामन्त्रि पदमा उम्मदेवार बनेका गगन थापा नेपाली राजनीतिका उदाउँदो ताराको रुपमा लिइन्छ । पछिल्ला एक दशक नेपाली कांग्रेस तथा गणतन्त्रवादी राजनीतिको पेरिफेरिमा अग्रस्थानमा रहेका थापालाई पार्टीको महत्वपूर्ण पदमा पुर्याउन देशभरका महाधिवेशन प्रतिनिधि कस्सिएर लागेका छन् । दोस्रो पुस्ताका केही मात्र नेता उनका पक्षमा नदेखिए पनि पाका महाधिवेशन प्रतिनिधिहरु प्रायः गगन थापाको पक्षमा देखिएका छन् । आज हुने मतदान प्रकृया पूर्व थापाले काठमाडौंमा रहेका सबै महाधिवेशन प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरेका छन् । कृष्ण सिटौला प्यानलबाट चुनावी मैदानमा रहेका थापालाई पौडेल समूहका सशांक कोइराला र देउवा समूहका अर्जुननरसिंह केसीले टक्कर दिने छन् । स्वतन्त्र विश्लेषकहरुले हिजो सार्वजनिक गरेको एक सर्वेक्षणमा गगन थापाको माहौल राम्रो बन्दै गएको र उनी जीत उन्मुह रहेको बताइएको छ ।
क्षेत्र नं. ४ बाट प्रतिनिधि बनेर केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका व्यक्तिहरुमध्ये फुटबल क्षेत्रका नामचिन कर्माछिरिङ शेर्पा जीतको नजिक रहेको बताइएको छ । आदिवासी जनजातिको आरक्षित कोटाबाट चुनावी माहौलमा रहेका शेर्पालाई खेलकुद क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरुले सघाउदैछन् भने तरुण दल तथा नेबिसंघ पृष्ठभूमिबाट महाधिवेशन प्रतिनिधि भएकाहरुले पनि शेर्पालाई जिताउन देशभरीका प्रतिनिधिहरुबीच माहौल बनाएको बताइएको छ । शेर्पाको आदिवासी जनजातिहरुबीच पनि राम्रो सम्बन्ध भएकोले उनको जीत सहज हुने बताइएको छ ।
हिजो सार्वजनिक गरिएको सो प्रतिवेदनमा सभापतिमा शेरबहादुर देउवाको बिजय सुनिश्चित भएको बताइएको छ भने अर्का दुई प्रत्यासीमध्ये पौडेल प्रतिष्पर्धामा रहने तथा सिटौला प्रतिपष्र्धामा पनि नरहेको बताइएको छ । कोषाध्यक्षमा चित्रलेखा यादवको बिजय हुने आंकलन गरिएको छ । प्रतिवेदन देशभरका वकिलहरुको एक संस्थाले गरेका हो ।