गगन थापा आफ्नै क्षेत्रमा कमजोर देखिँदै ! राजु श्रेष्ठ क्षेत्र नं. ४ मा हावी !!
कपन अनलाइन/माघ १७, २०७२
काठमाडौं । पहिलो पार्टी नेपाली काँग्रेसलाई महाधिबेशन लागिरहँदा नेतृत्वमा दाबी गर्नेहरुको मूल्याङ्कनको परीक्षा भैरहेको छ । क्षेत्रीय प्रतिनिधिहरुमा ककसले बिजय गरे भन्ने विषय सार्वजनिकसँगै यस अघि गरिएका विभिन्न सर्बेक्षण,आंकलन तथा होहल्ला अब सतहमा आइपुगेको छ । क्षेत्रीय प्रतिनिधिहरुमा आएको व्यापक फेरबदलहरु हेर्दा ‘अघिल्लोे र यो महाधिबेशनमा नेताहरुको स्टारडम ठ्याक्कै उल्टो हुने अनुमान हुन थालेको छ । कार्यकर्तालाई रिजाउन सक्ने नेता नै असली रुपमा आफ्ना कार्यकर्ताको प्रिय हुने कुरा क्षेत्रीय प्रतिनिधिमा देखिएको फेरबदलबाट स्पष्ट भएको छ । चर्चाको शिखरमा रहेका कतिपय नेताहरुको आफ्नो क्षेत्र डरलाग्दो हिसाबले बिग्रेको कुरा मिडियाहरुमा छाइरहँदा त्यसले राष्ट्रिय राजनीतिमा पार्ने असर र मध्य फाल्गुणमा हुने केन्द्रिय महाधिवेशनको दृष्यप्रति कार्यकर्ताहरुको अर्जुन दृष्टि रहेको अनुमान गर्न सकिन्छ । कामभन्दा कुराको मोहमा राजनीति गर्नेहरु यसपाला अघिल्लो बढारिने सक्ने संभावना धेरैभन्दा धेरै रहेको कतिपय बुद्धिजिवीहरु धारण सार्वजनिक भैसकेका छन् ।
पार्टीमा भविष्यका नेताको रुपमा लिइएका कतिपय अग्रपंक्तिमा रहेका युवानेताहरुप्रतिको गुनासो चुँलिदो अवस्थमा छ । उनीहरु भाषणमा मात्र सिमित रहेको गुनासोको भारी थेग्न नसक्ने अवस्थामा पुगेका छन् । अधिवेशन केन्द्रित भैरहँदा सामाजिक संजाल तथा अनलाइन मिडियमा क्रियाशिल सदस्यहरुले अत्यन्त आश गरिएको युवा नेताहरुलाई सबैभन्दा बढि गाली गरिएको पाइएको छ । यस्ता कार्यकर्ताहरुको ठम्याई छ अब काम गर्नेहरुले मात्र विश्वास जित्ने र पपुलर बन्नेछन् ।
अघिल्लो महाधिबेशनमा सबैभन्दा बढी मत ल्याउने केन्द्रिय सदस्य हुन् हुन् गगन थापा । काठमाडौं क्षेत्र नं. ४ बाट हाल सांसदसमेत रहेका थापा यसपाला महामन्त्रीको उमेद्वार बन्न आफूलाई अगाडि बढाएका छन् । पछिल्ला एकमहिना यहि महाधिवेशन केन्द्रित भएर देश दौडाहामा थिए । महामन्त्रि पदका लागि तम्सिएका थापाको आफ्नो क्षेत्रमा हुने पकड भने उन्को हातबाट उम्किदै गइरहेको देखिन्छ । अघिल्लो अधिवेशनमा जस्तै यसपाला पनि गगन थापाको प्रतिष्पर्धा क्षेत्र नं. ४ मा नेता राजु श्रेष्ठसँग हुनेछ । अघिल्लो पटक झिनो मत अन्तरले सभापतिमा पराजित भएका राजु श्रेष्ठ यसपटक फेरि सभापतिमा प्रत्यासी भएपछि सांसद गगन थापाको अवस्था कमजोर बनेको देखिन्छ । गगन थापाले फेरि एकपटक हालका सभापति न्हुच्छेनारायण श्रेष्ठलाई सभापतिको उम्मेदवार बनाउने लगभग पक्का भएको अवस्थामा राजु श्रेष्ठको अवस्था क्षेत्र नं. ४ मा सजिलो बनेको बताइएको छ । राजु श्रेष्ठ क्षेत्र नं. ४ मा गगन थापाको कट्टर आलोचकको रुपमा चिनिन्छन् ।
क्षेत्रीय प्रतिनिधिमा बुनपाको १४ वटा वडा तथा कामनपाका ४ वटा वडाबाट सर्वसम्मत तथा विजयी भएका क्षेत्रीय प्रतिनिधिहरुको अनुहार हेर्दा गगन थापा आफ्नो क्षेत्रमा निकै कमजोर भएको आभाष गर्न सकिन्छ । हाल क्षेत्रीय समितिमा रहेका गगन थापाका नजिकका बताइने केही महत्वपूर्ण नामहरु पराजित भएका कारण पनि उनी कमजोर देखिएका हुन् भने उनका आलोचकहरु भने बुथमा बिजयी भएका छन् थापाकै क्षेत्रमा पर्ने वडा नम्बर ३३ मा गुटबाद हाबी भएको भन्दै आलोचना चुलिएको छ । यस पटक इकाइस्तरीय अधिवेशनमा बाहिर गुटको बिरोध गर्नेले नै भित्र भित्र प्यानल दस्ता बनाउँदै हिँड्ने भनेर पनि गगन थापालाई आरोप लागेको छ । साविक महाँकाल गाबिसका पूर्व इकाई सभापति गणेश कोईरालालाई थापाले नगर सभापतिमा उठाएको बिषयले पनि थापामाथि असन्तुष्टि चुलिएकोछ ।