बुनपामा पाठक र भट्टराई कस्का उम्मेदवार ?
कपन अनलाइन/माघ १७, २०७२
नेपाली कांग्रेसको बुढानिलकण्ठ नगर अधिवेशन तयारी भैरहेको बेला बिभिन्न पदहरुमा दावी गर्नेहरुको संख्या बढ्दै गैरहेको छ । उम्मेदवारी दावी गर्नेहरुको संख्या र उनीहरु कोसँग निकट रहेका मानिस हुन् भन्ने विषय यतिखेर सबैभन्दा प्राथमिकता दिइएको पाइन्छ । आधिकारिक रुपमा हालसम्म नगर सभापति पदमा देखिएको ३ जना नामहरुमा गणेश कोइराला र केशव पाठक गगन थापाका मानिसको रुपमा चिनिन्छन् भने राजाराम बुढाथोकीले आफूलाई कुन प्यानलको भनेर भन्न रुचाएका छैनन् । कोइराला र पाठक दुवै सांसद गगन थापाको एकदमै हितैषि मानिसको रुपमा चिनिएका पात्र भए पनि किन एकै पदमा दावी गरे भन्ने विषयले यतिखेर बुनपाको नेका राजनीतिलाई सोचमग्न बनाएको छ । कोइरालाले नगर सभापतिमा दावी गरेको करिब एक सातापश्चात एकाएक नगर सभापतिमा दावी गरेका पाठक यो बारेमा आफ्नो क्षेत्रको सबैभन्दा ठूलो नेता गगन थापा आफ्नो नेता भएको भन्न हिचकिचाउँदैनन् यद्यपि उनको क्षेत्र ४ का गगन थापाका कट्टर आलोचक भनेर चिनाइने राजु श्रेष्ठसँग पनि राम्रो परिचय छ । पाठक उम्मेदवारी दिनु मौलिक हक भएकोले त्यो महत्वपूर्ण विषय नभएको बताउँछन् उनी थप्छन् सभापतिको चुनाव हुँदा मतदाताले भोट हाल्दा को कस्को प्यानको भनेर स्वतः सिद्ध हुने बताए ।
त्यसैगरी नगर सचिव पदमा उम्मेदवारी दिएका वडा नं. १४ कै दामोदर भट्टराई बद्रि पनि गगन थापा निकट मानिने व्यक्ति हुन् यद्यपि पछिल्ला दिनहरुमा चाक्सीबारीमा उनको बसउठ धेरै भएकोले धेरैले उनलाई प्रकाशमान सिंहको मानिस भनेर चिन्छन् । तर भट्टराई आफै भने आफू व्यक्ति विशेषभन्दा पार्टीको मानिस हो एउटै पार्टी भएकाले सबैसँग राम्रो सम्बन्ध हुनुलाई कसैको निकट मात्र भनेर परिभाषित गर्नु गलत भएको ठहर्याउँछन् । भट्टराईको राजु श्रेष्ठको नेता भनेर चिनिन्छ । भट्टराईलाई गणेश कोइराला टिमको सचिव भनेर प्रचार गर्नेहरु पनि भेटिन्छन् । नगरको उम्मेदवारको बारेमा सांसद गगन थापा तथा उनका अत्यन्त निकटहरुले खुलेर अहिलेसम्म को भनेर नतोकेको हुनाले १९ माघमा हुने छानौट प्रकृयापश्चात नै को कसको भनेर खुल्ने देखिन्छ । अनलाइन मिडिया तथा सामाजिक संजालमा एक्कासी भाइरल केशव पाठक तथा बद्रि भट्राई स्वयम् पनि एकअर्काका निकट मानिन्छन् ।