सांसद बुद्धिराम भण्डारीको घर घेराऊ
गणेश आचार्य /तुलसीपुर । मध्यपश्चिमाञ्चलमा एकलौटी रुपमा यातायात व्यवसाय सञ्चालन गरिरहेको राप्ती अञ्लल सार्वजनिक यातायात व्यवसायी समित र मालिका कालिका प्रालिबीचको विवादकाले चरम रुप लिएको छ ।
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति तुलसीपुरले सांसद बुद्धिराम भण्डारीको तुलसीपुर स्थित घर घेराउ गरेका छन् । आज सांसद भण्डारीले मालिका-कालिका यातायात प्रालिको उद्घाटन गर्ने कार्यक्रम छ । प्रालिको उद्घाटन कार्यक्रममा सांसद भण्डारीलाई सहभागी नहुन राप्ती समितिको निर्देशनमा घर घेराउ गरिएको हो ।
राप्ती समितिको निर्देशनमा गएकाे करिब ६० जनाको युवा समूहले सांसद भण्डारीको घरको गेट समेत बन्द गरेका छन् । भण्डारीको घरको गेट अगाडि त्रिपालमा बसेर अबरोध गरेका छन् । राप्ती समितिका अध्यक्ष सुरेस हमालले सांसद भण्डारीलाई कालिका-मालिका यातायात प्रालिको उद्घाटन गर्न नजान आग्रह गर्न आफ्ना मान्छे त्यहाँ गएको प्रतिक्रिया दिए । अहिले सांसद भण्डारीको घर वरिपरिको वातावरण तनावग्रस्त छ । त्यहाँ ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । सांसद भण्डारीले अबरोधका बारेमा केही जानकारी नगराएकाले घर घेराउ गर्नेलाई केही गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस बिषयमा सांसद भण्डारी सँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
यातायातमा भएको सिन्डिकेटको नमूनाका रुपमा लिइएको यस घटनाका विषयमा पटक पटक छलफल भएको थियो ।