तमिलनाडूमा १०० वर्षयताकै ठूलो वर्षा
चेन्नई, १७ मङ्सिर । भारतीय दक्षिणी राज्य तमिलनाडूमा जारी बाढीको उद्धार कार्य जारी रहेको छ । त्यहाँ करिब १०० वर्षयताकै ठूलो वर्षा भएपछि ठूलो बाढी आएको छ ।
सो बाढीबाट मृत्यु हुनेको सङ्ख्या २६९ पुगेको बताइएको छ । साथै यसबाट आजसम्ममा कम्तीमा पनि ४० हजार प्रभावित भएका छन् ।
उनीहरूको उद्धारका कार्य जारी नै रहेको छ । तर भारी मात्रामा वर्षा जारी नै रहेकोले सो कार्य निकै नै कठिन भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो बाढीबाट पुगेको क्षतिको निरीक्षणका लागि बिहीबार चेन्नई पुग्नुभएको छ । उहाँले बाढीबाट पुगेको क्षतिको निरीक्षण गर्दै उद्धारको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन पनि दिनुभएको छ ।
भारतका गृहमन्त्री राजनाथ सिंहले यो वर्षा करिब १०० वर्षभन्दा लामो समयपछि पहिलो पटक यो मात्रामा आएको भन्दै यसले ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो ।
सरकारले उद्धारको कार्य चुस्त रूपमा गर्न नसकेको भन्दै विपक्षीहरूले व्यापक मात्रामा आलोचना गरेपछि गृहमन्त्री सिंहले संसदलाई जानकारी दिँदै सो जानकारी दिनुभएको हो ।
हजारौँ व्यक्ति घरको छतमा बसेका छन् र उनीहरूलाई हेलिकोप्टरको सहायताले उद्धार गरेका दृश्यहरू टेलिभिजनमा देखाइएको छ ।