सडक विस्तार हुने

सडक विस्तार हुने

काठमाडौँ, १८ मङ्सिर । काठमाडौँ उपत्यकालाई व्यवस्थित र बस्नयोग्य सहरका रुपमा विकसित गर्ने योजनाअनुरुप ५२४ किलोमिटर सडक विस्तार गरिएको छ ।

निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत उपत्यकामा ३२४ र अन्य विविध कार्यक्रमअन्तर्गत २०० गरी ५२४ किमी सडक विस्तार गरिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

उपत्यकालाई व्यवस्थित सहरका रुपमा विकास गर्ने उद्देश्यले विसं २०४५ मा कार्यक्रमको सुरुवात गरिएको थियो । काठमाडौँमा ३०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा ३८ किलोमिटर गरी ४७५ किलोमिटर सडक व्यवस्थितरुपमा विस्तार गर्ने योजना बनाइएकोमा अहिलेसम्म ३२४ किमी सडक विस्तार गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

“उपत्यकामा व्यवस्थित सहरको निर्माणका लागि सरकारले बस्नयोग्य स्थानमा भित्रभित्रसम्म सडक पु¥याउने, यसमा स्थानीयबाट जग्गा लिने र थोरै जग्गा भएकालाई मुआब्जा दिएर सडक विस्तार गरिएको छ, यसरी ६८ प्रतिशत काम सम्पन्न भएको छ, बाँकी १५१ किमी सडकको काम छिट्टै सिध्याउन पनि प्राधिकरण लागिपरेको छ, यो कार्यक्रमबाहेक विविध योजनामा २०० किमी सडक विस्तार गरिएको छ”–उहाँले भन्नुभयो ।

विविध कार्यक्रमअन्तर्गत विस्तार गरिएको २०० किमी सडकमा पनि मुखमा जग्गा पर्ने र सबै जग्गा सडकमा परी विस्थापित हुनेलाई मुआब्जा दिइएको छ । दुबै योजनामा स्थानीयवासीसँग मिलेर रु एक खर्बभन्दा बढी मूल्य पर्ने ६ हजार ३०० रोपनी जग्गा सार्वजनिक प्रयोगका लागि ल्याइएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।