अवशेष : बलराम दंगाल (लघुकथा)

अवशेष : बलराम दंगाल (लघुकथा)

कपन अनलाइन
काठमाडौं कात्तिक २२।
आँगनमा झरेका पारिजातका फूल टिप्दै उनी रोकिइन् । एउटा फूल नाकमा पु¥याइन् ।
“आमा, राति फुलेको फूल बिहानै किन झर्छ ?”
“झरेर के भयो त छोरी, सुगन्ध त बाँकी नै रहन्छ नि !”
उनका औँला रोकिए । आमाको स्वर स्मृतिमा गुञ्जियो । हातको फूल भुइँमा खस्यो ।
“आमा !”
उनको नजर आँगनभरि छरिएका फूलमा अडियो । ओठ काँपे । आमा थिइनन् ।
बतास चल्यो । पारिजातको सुगन्ध फैलियो । उनले एउटा फूल हत्केलामा राखिन् ।
“आमा, तिम्रो सुगन्ध त मभित्रै रहेछ,” उनी मुस्कुराउन खोजिन्, “म झरेपछि चाहिँ…?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।