चार मुक्तकहरु : पवनकुमार बुढाथोकी

चार मुक्तकहरु : पवनकुमार बुढाथोकी

कपन अनलाइन
काठमाडौं कात्तिक २२।
राम्रो होला र पशुलाई तडपाई तडपाई मार्नेलाई
निर्दोष जनावरलाई लखेटेर अप्ठेरोमा पार्नेलाई
प्राणीमा सवैभन्दा सर्वश्रेष्ठ मान्छे नै कसरी भन्नु त,
निर्दोष प्राणी माथि विवेक नराखी झारा टार्नेलाई ।

चारैतिर फैलियो जटिल र नजाती रोग भ्रष्टाचारको
आवश्यकता भयो कुशल धेरै निष्ठावान पत्रकारको
पत्रकारनै सत्ता र शक्तिमा पुगेर बिटुलिई सकेपछि,
खटकियो पर्दाफास गर्ने मान्छे अनुचित उपहारको ।

दुई तिन दिनको बर्षाले धेरै ठाउँका सडक पुल भासियो
राज्यकोषको स्रोत संपति यस्तै प्रकारले यहाँ नासियो
कहिलेदेखि सुरु होला नेपाल मैत्री विकासको नै सुरु ?,
रोपवे जस्ता पुर्वाधार पनि थियो बिचारै नगरी मासियो ।

फरासिली र बुझकी भए पनि स्वार्थी रहेछ उनको दाउ
कोही पाइनछिन मेरै हृदयमा लगाइदिइन गहिरो घाउ
मेरो बारेमा सबै कुरा जान्दाजान्दै मलाई नै किन जिस्काएकी,
बेकारमा मलाई नजिकाएर मैले खोज्दा चैँ बढाइन है भाउ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।