गजल : गंगा खड्का
कपन अनलाइन
काठमाडौं कात्तिक १४।
तिमीआयौ जीवनमा मेरो आस बनेर
हरपलमनको मीठो विश्वास बनेर ।
रित्तिएको थिएँशिशिरको वनझैँ
तिमीआयौ जीवनमामधुमास बनेर ।
गाह्रो थियो यात्रा, हर पाइलाभारी
तिमीआयौ अदृश्य साहस बनेर ।
चोटैचोट थियो, दुखिरहेको थियो मुटु
तिमीआयौ जूनझैँआभास बनेर ।
अँध्यारो थियो बाटो, हराएको म थिएँ
तिमीआयौ झलमल्लप्रकाश बनेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
