चार मुक्तक : निराजन कुमार
कपन अनलाइन
काठमाडौं कात्तिक १४।
जिन्दगी भरि त्यो तिम्रो साथपाए पुग्छ मलाई
अप्ठ्यारो पर्दा तिमीले मेरो हात समाए पुग्छ मलाई
सँगै मर्ने बाचाकसम खाएका थियौ हामीले्पनि,
मेरो चितामा लास जल्दा तिमीआए पुग्छ मलाई ।
घरपरिवारको त्यो जिम्मेवारी उठाउन समय लाग्छ
कठिन परिस्थितिमा सफलता पाउन समय लाग्छ
सधैँ खुसी राख्नपाऊँ आमाबुबालाई भन्ने चाहना ,
दुखेको यो आफ्नै मन अब बुझाउन समय लाग्छ ।
दसैँतिहारमा घर–परिवारसँगै बस्न पाउँदा कति रमाइलो
झिलिमिली बत्ती रङ्ले घरआँगन सजाउँदा कति रमाइलो
गाउँघरको सम्झनादेउसी–भैलो अनि आमाबुवाको आशिष,
चाडबाडको यो मिठो माहोलमा सँगै रमाउँदाकति रमाइलो ।
घरबार जोड्नलाई नगर्नु तिमीहतार, बर्बाद हुन सक्छौ
सस्तो ठानी नबाँड्नु मायाको उपहार, बर्बाद हुन सक्छौ
सहीगलत छुट्याएर अघि पाइलाहरू चाल्नु पर्छ तिमीले,
जीवनमाअञ्जानलाई बनाएर हकदार, बर्बाद हुन सक्छौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
