चार मुक्तक : नवशिला

चार मुक्तक : नवशिला

कपन अनलाइन
काठमाडौं कात्तिक १४।

माया भर्ने माया गर्ने मायाको नै भकारी हौ
विश्वास र भरोसाको तिमी शीतल छहारी हौ
बगैँचाको फूलबनी जहिले मिठो बास्ना छर्ने,
तिमी प्रेम तपस्वी हौ तिमी प्रेमपुजारी हौ ।

प्रेमभरि यसैगरी चलोस्हाम्रो जिन्दगानी
खुसी छरी सधैँभरि चलोस्हाम्रो जिन्दगानी
मायाफुल्ने बगैँचामा फरक फरक रङ भर्दै,
बास्ना छरी फूलसरी चलोस्हाम्रो जिन्दगानी ।

जिन्दगी नै नाउ रहेछ तर्नु पर्नेवारी पारी
सजाउँ है सबैलाई सधैँदिलको हाराहारी
माहुरी झैँबनौँ सबै प्रेम बाँड्न सकौँ जहिले,
बाँचुञ्जेलबनौँहामी प्रेमफूलको फूलबारी ।

मिसाएर सुबास मिठो फुल्नु तिमी हरदम
स्वच्छ निलो आकाशझैँखुल्नु तिमी हरदम
मेहनत भरि फुलाउनु जहिले सुन्दर फूल,
तिनै फूलका रङहरूमा घुल्नु तिमी हरदम ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।