कपन युनाइटेड क्लवको शुभारम्भ, को को छन कार्यसमितिमा ?

कपन युनाइटेड क्लवको शुभारम्भ, को को छन कार्यसमितिमा ?

कपन अनलाइन
काठमाडौं कार्तिक ३ ।

खेल्किद क्षेत्रको विकासका लागि कपन युनाइटेड क्लव गठन गरी कार्य शुभारम्भ गरिएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा रहेको कपन ह्यान्डबल मैदानमा एक कार्यक्रम आयोजना गरी सो क्लवको शुभारम्भ गरिएको हो।

सो क्लवको अध्यक्षमा धुर्वराज न्यौपाने र उपाध्यक्षमा दिलिप खत्री रहेका छन भने सचिवमा सागर लुइँटेल, सह सचिव लक्ष्मण गौतम  र कोषाध्यक्षमा सरोज धिताल रहेका छन।

उक्त क्लवको सदस्यहरुमा गौतम गुरुङ ,सुवाष न्यौपाने ,सम्पूर्णराज प्रचण्ड विक्रम न्यौपाने र शेखर ढुंगाना रहेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी र वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले जर्सी र खेल सामाग्री वितरण गर्दै सो क्लवको शुभारम्भ गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।