मुक्तकहरू : ईश्वर साउँद ‘भिक्षु’
कपन अनलाइन
काठमाडौं असोज २०।
मैले मेरै अतित बिर्से जस्तो लाग्छ
चलनचल्ती रित बिर्से जस्तो लाग्छ
कतै दुर लाग्छ कतै नजिक नजिक
साहित्य संगको मीत बिर्से जस्तो लाग्छ ।
बाधा थियो न त बन्धन हुन त मेरो
खस्किएको छ यो मन हुन त मेरो
यहाँ देख्ने भन्दा सुन्नेहरु धेरै छन
कुरामा अबिस्वासै झन हुन त मेरो ।
चौतारीमा वर एक्लै भएको छ आज
परिवर्तन मन बेग्लै रएको छ आज
खुसिहरू लुटिएका छन रहरहरू पनि
रंगिन दुनियाँबाट टाढा गएको छ आज ।
झस्कन्छ घरि बरबराउछ यो मन
साोच्दै अनेक थरी बरबराउछ यो मन
न मेसो पाईन्छ न त बाटो चाटो कतै
आफैबाट झरी बरबराउछ यो मन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
