चार मुक्तक : एन बी दाहाल नबीन

चार मुक्तक : एन बी दाहाल नबीन

कपन अनलाइन
काठमाडौं, असोज १२।

कुचुर, पुचुर गरिरहने मन मेरो
तिमी नै हो मेरो सबै सेरोफेरो
महत्वकांक्षी भएं होला म,
कतै माया पुगेको होकि घेरो ।

भ्रष्टाचारिको हैन यहाँ देशभक्तिकै साँचो छ
कुरौटेको हैन यहाँ कर्मयोगिको खाँचो छ
भोलि भन्ने नेताहरू हैन, चाहिन्छ आज भन्नेहरू,
कर्मठ वीरहरूको भूमी हो यो कुरो काँचो छ ।

यो जीवनको उमेरभरी तिम्रै उमेर देखिरहेँ
तिमी आउने बाटो हेरी दिनहरू मैले छेखिरहेँ
आउँछ्यौ तिमी कहिले मसँग भेट हुने गरी ,
चोखो माया तिमिलाई नै शब्दभरी लेखिरहें ।

बुद्ध जन्मेको हाम्रो नेपाल शान्तिक्षेत्र भनेको हो
आज भोलि हाम्रो देश भ्रष्टाचारी बन्दै गरेको हो
किन होला ? दाजु–भाइमा फाटो हुन खोज्छ,
बुद्ध जन्मेको देश हामिले किन शान्ति छोडेको हो ?

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।