चार मुक्तक : साबित्री प्याकुरेल
कपन अनलाइन
काठमाडौं, असोज १२।
बेहुली हुँदा लाज ढाक्ने त्यो बर्कोको
सिउँदो एउटाको सिन्दूर भने अर्कोको
बन्धनमा बाँधिएझैँ बाँधिएर बस्नुपर्ने,
कति ठुलो तागत सिन्दूर एक धर्कोको ।
झुटो आश्वासन दिएर समय बिताउनेलाई
सधैँभरि मात्र हल्लिएर समय बिताउनेलाई
कसरी पूरा जिन्दगी सुम्पिन सकिन्छ र ?
दिनरात रक्सी पिएर समय बिताउनेलाई ।
निम्तो पाएपछि माथि कालबाट, आकाशबाट
अलग्गिएपछि मान्छेको यो शरीर सासबाट
हजारौँ मान्छेको हत्या गरेर धनी भए नेताहरू,
सुन झिकेर के गल्ती गरेँ मैले मरेको लाशबाट ।
बा–आमालाई प्यारो लाग्ने मात्र आफ्नो छोरो
बुहारी काममा दलिनुपर्ने नोकरझैँ एकोहोरो
आफ्नै भाग्यलाई धिक्कार्दै पछुताउदै बाँच्नुपर्ने,
सिन्दूर, पोते त रहेछ केवल एक बन्धनको डोरो ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
