चार मुक्तक : अम्बिका प्रसाद कोइराला ‘अकेला’

चार मुक्तक : अम्बिका प्रसाद कोइराला ‘अकेला’

कपन अनलाइन

काठमाण्डौ,असार २०।

एकातिर लास अर्कोतिर छ ग्यास
रोजिन्छ ग्यास छोडिन्छ त्यो लास
धन्य ! छ मानवता धन्य छौँ नेपाली,
खोज्दैछ युगले यहाँ दल्दले भास ।

न त म टुप्पोबाट पलाको भन्न मिल्ला
न त विष्णुमतीको मुला झैँ खन्न मिल्ला
जीजिविषाले दिएको पुनस्र्थापना जस्तो,
निर्माणकर्ताको आदेश बिना रहन्न मिल्ला ।

तिमी छौ म छु र पो विरोध र समर्थन खेल
कुनै एक नभए के हुन्थ्यो है न मेल न झेल
कुरो होस् वा कुलो आफ्नै अनुकुल तेर्साइने,
कलियुगमा निष्पक्षता त्यो देखाउन ठेलमठेल ।

जहाँ मेल छ त्यहाँ ईश्वर ती दाहिना हुन्छन्
द्वन्द्व ईष्र्या अशान्ति भए प्रकृति पनि रुन्छन्
भोग्य सामग्री झैँ भोगेर रखौटी अनि सती रे,
त्यो सराप यो हानाथाप देशी भविष्य कुन्छन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।