चार मुक्तक : बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो)

चार मुक्तक : बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो)

कपन अनलाइन

काठमाडौं,साउन २३ ।

छ यहाँ खाने गासमा पनि राजनीति
गर्छन् मरेको लासमा पनि राजनीति
अरुलाई दुख दिएर रोटि सेक्नेहरु सुन ,
गन्ध छ तिम्रो सासमा पनि राजनीति ।

बोली फेरिन्छ लोली फेरिन्छ आजकल
एकपछि अर्को झोली फेरिन्छ आजकल
यस्तै आयो जमाना आजभोलि महोदय,
यहाँ चित्त नबुझे टोली फेरिन्छ आजकल ।

एउटा जान्छ अर्को आउछ त्यो घुम्ने कुर्सीमा
बसुन्जेल उ रवाफ लाउछ त्यो घुम्ने कुर्सीमा
त्यो घुम्ने कुर्सिको मोह नै कति बेइमानी,
छुट्नेलाई धरधरी रुवाउछ त्यो घुम्ने कुर्सीमा ।

यहाँ बोल्दा बिरोध नबोल्दा बिरोध कस्तो राजनीति
पोल खोल्दा बिरोध नखोल्दा बिरोध कस्तो राजनीति
देश चुर्लुम भ्रष्टाचारमा डुबिसक्दा नदेख्ने मनुवा हो,
भ्रष्ट पोल्दा बिरोध नपोल्दा विरोध कस्तो राजनीति ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।