आमा : प्रियासा पुलामी मगर (कविता)

आमा : प्रियासा पुलामी मगर (कविता)

कपन अनलाइन

काठमाडौं,साउन २३।

मेरो लागि परदेशमा दुःख गर्दै छिन् आमा
भित्रभित्रै रोएर बाहिर खुसी छर्दै छिन् आमा

यता मलाई उनको याद उता उनलाई मेरो याद
आउँछ होला रमाउँदा पनि हरेक पल सायद

उनी आफ्नो सपना भुलेर मेरै लागि बाँचेकी छिन्
मेरो उज्यालो भविष्यको कल्पना गर्दै हाँसेकी छिन्

म पनि पढ्दै छु यहाँ गरेर कडा मेहनत रातदिन
आमाले देखेका सपनालाई भत्काउन म सक्दिनँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।