आठ सुसेली : सुशील आचार्य
कपन अनलाइन
काठमाडौं ,साउन २।
हरियो बन
सबैले भन्नुहुन्छ
नेपाली धन
कति हरियो
डाँडाकाँढा हेरेर
दंग परियो
वा जडीबुटी
रोग लागे खानु है
लाग्छ ओखती
धेरै छन् खानी
उपयोग गरेर
हौ भाग्यमानी ।
वनजंगल
जोगाएमा हुनेछ
पक्कै मंगल ।
जय जय होस्
थोपा थोपा पानीले
लौ बत्ति बलोस् ।
यै कुरा राम्रो
नेपालको संबृद्धि
भएकै राम्रो ।
नेपाली जन
मिलीजुली बसेको
एकै छ मन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
