चार मुक्तक : विवेक सायर

चार मुक्तक :  विवेक सायर

कपन अनलाइन

काठमाडौं ,साउन २।

तिमीलाई हेरेको कर तिर्नुपर्छ भने
हेर्दैमा नजरदेखि नजर गिर्नुपर्छ भने
के फाइदा छ र साहेबा ? तिमी हुनुको,
तिमीबिना एक्लै घर छिर्नुपर्छ भने ।

तिमीबिनाको जवानीबाट तर्किएको छु
एक्लो, एकल कहानीबाट थर्किएको छु
कसैको विवाहमा शुभकामना दिन जानुछ,
भर्खर म मेरै मलामीबाट फर्किएको छु ।

थोरै तिर्न ऋण देशलाई धेरै कर पठाउनु छ
फेरि यो पटक आमालाई खबर पठाउनु छ
तपाईंलाई त्यहाँ कस्तो छ ? म यहाँ सन्चै छु,
आश्वासन दिन लेखेर चिठी घर पठाउनु छ ।

तिमीलाई पढाइ ठूलो बनाउने छ रहर आउन सक्दिनँ
ममाथि नै छ सारा देशको पनि भर आउन सक्दिनँ
घर आउनुहोस् न, कति फोनमा मात्र बोल्ने बाबा ?
नानी ! प्रदेशमा छु सहजै फर्केर घर आउन सक्दिनँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।