वैद्य समुहको भेलामा आजबाट बन्दशत्र

३ असार,काठमाडौ। माओवादीको  वैद्य समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा आजबाट बन्दसत्रका कार्यक्रम शुरु हुने भएको छ। वैद्य समुहको राष्ट्रिय कार्यकर्ता भेला हिजोदेखि काठमाडौंको बौद्धमा सुरु भएको थियो । भेलाको आजदेखि सुरु हुने बन्दसत्रमा बिभिन्न प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम रहेको छ। अहिले केहीबेरमा सुरु हुने बन्दसत्रमा उपाध्यक्ष वैद्यले राजनीतिक, महासचिव रामबहादुर थापाले साङ्गठनिक, सचिव सीपी गजुरेलले समसामयिक र स्थायी समिति सदस्य देव गुरुङले बिभिन्न विभागहरुको बारेमा प्रतिवेदन पेस गर्ने तयारी भएको छ । प्रस्तुत गरिएका प्रतिवेदनको बारेमा सामूहिक रुपमा छलफल हुने कार्यक्रम छ। भेलाको उद्घाटनसत्रमा बोल्दै वैद्य समूहका नेताहरुले पार्टीमा बस्ने वातावरण नमिलेकोले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएकोमा जोड दिएका थिए । भेलामा २५ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ।

तपाइँको प्रतिक्रिया ।