दलहरुलाई मिलाउन राष्ट्रपतिको चियापान
३ असार,काठमाडौ। संविधानसभाको विघटनपछिको दलहरुबीच बढेको दुरी कमगर्ने भन्दै राष्ट्रपति डा रामबरण यादबले आज छलफल तथा चियापान कार्यक्रमको आयोजना गरेका छन्। केही समय यता सत्तामा रहेका र प्रतिपक्षीदलहरुबीच आरोप प्रत्यारोपमा उत्रिएका पछि राष्ट्रपतिले दलहरुको सम्वन्ध सुधार्न चियापानको आयोजना गरेको बताइएको छ। राष्ट्रपतिभवन शीतल निवासमा सुरु भएको छलफल तथा चियापान कार्यक्रममा विघटित संधिानसभाका प्रमुख तथा अन्य दलका शीर्ष नेताहरुको सहभागिता छ । छलफल तथा चियापान समारोहमा राष्ट्रपति यादवले सहमतिका साथ अघि बढ्न दलहरुलाई सुझाव दिने छन्।
तपाइँको प्रतिक्रिया ।