टुक्का कविताहरू : इन्दु श्रेष्ठ

टुक्का कविताहरू : इन्दु श्रेष्ठ

कपन अनलाइन

काठमाडौं असार २०।

१.
देखियो आज ऐना झैँ निसाफ चुस्त
ठडाए महल ऐलानीमा दुरुस्त ।
२.
छैन गुनासो बस, रमाएर महल
बिन्ति ! बनिदेऊ है हाम्रो नेता असल ।
३.
भूमाफियाको जालो फाल्न चल्यो डोजर
कैयौँ वर्षे दमनको हट्दैछ फोहर ।
४.
डोजर चलेर नदीको फेरिने भयो मुहार
विपत्तिबाट सुरक्षित हुन आफ्नो बस्ती सार !।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।