गजल : नारायण नेपाल
कपन अनलाइन
काठमाडौं असार २०।
सपना न बिपना हाम्रो प्रेमिल भेट हुने सोचिरहेछु,
तिम्रो याद त आयो तिमी कहिले आउने सोचिरहेछु ।
सम्झिन्छौ कि बिर्सियौ देउरालीको चौतारीमा बसेको
म त स्मरणकुमार त्यसमाथि दिल छुने सोचिरहेछु ।
तिम्रो अनुपस्थितिमा नआएका होइनन् मलाई निम्न आँक्ने
सम्बन्धको मामिलामा हुनै सक्तिनँ चान्चुने सोचिरहेछु ।
परी आए डाङ्डुङे भैदिने मन कसरी बुझाउने होला
जिन्दगीमा भइएला कि ’कुर न बुदुने’ सोचिरहेछु ।
’तिम्रो मान्छे त, नारान, भड्काए रे’ भन्नेहरू सुन्छु
मविरुद्ध छिमेकीले कसरी जाल बुने सोचिरहेछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
