नानी बाबू : प्रमोद नेपाल ( कविता )

नानी बाबू : प्रमोद नेपाल ( कविता )

कपन अनलाइन

काठमाडौं असार २०।

नानीबाबु, सुन तिमी
राम्रो बाटो समाऊ
नानीबाबु, सुन तिमी
असल मान्छे बन है ।
सहयोग गर्ने बानी
मनमा राखि राख
इच्छा सिमित राखी
सधैं उज्यालो जाग ।

असल बानी सिकेर
राम्रो काम गर्नु
सपना बोकेर
अघि सधैं हिँड्नु ।
साना साना कुरा
मनमा राख्नु
आजको मेहनतले
भोलि देश चम्काउनु ।

साथी संगीबीच
उदाहरण बन्नु
खराब बानी छोडेर
आफैलाई चिन्नु ।
मीठो बोली, सिधा काम
मनको ठूलो धन
इमानले बाँचेपछि
उज्यालो हुन्छ जीवन ।

कसैको आँसु देख्दा
छुट्टै मनले सोच
आफू मात्र हैन यहाँ
सबैलाई देऊ ओत ।

न लक्ष्य टाढा छ
न विश्वाश धुमिल
पाइला उपयुक्त भए
बन्छ जीवन सुन्दर
आजको तिम्रो परिश्रम
भोलिको बनोस् पहिचान
हिँड्नु सत्यको कदम
पाइन्छ ठूलो सम्मान ।

कापी कलमलाई बनाउ
उभो लाग्ने अस्त्र
बुबा आमाको अर्तीलाई
ठान्नु जीवनको शस्त्र
पन्छाउदै बाधा विरोध
उद्देश्य प्राप्तिमा लाग
सन्तोषी मन लिएर
सधैं उज्यालो जाग ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।