सुनको पिँजडा : गंगा खड्का (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ, असार १४।
“चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी जस्तै भयो मालती हाम्रो विदेशको बसाइ त ।” कमलले अँध्यारो अनुहार लगाउँदै भने ।
“त्यही त बुढा, छोराबुहारी एकछिन हामीसँग बस्दैनन् । बुहारी त झन् बोल्दा पनि पैसा पर्ला जस्तै गर्छिन् ।” मालतीले पनि मनको तीतो पखाल्दै भनिन् ।
“छोराबुहारी खुसी हुन्छन् भनेर काम सघाउन खोज्यो, यो गरेको भएन त्यो गरेको भएन भनेर बुहारी उल्टै डाँकोले खान्छिन् ।” मालतीले फेरि पनि गुनासो पोख्दै भनिन् ।
मालतीका कुराले कमल गम्भीर देखिए । निकै बेर त्यहाँ मौनता छाएपछि उनले पनि मुख खोल्दै भने, “ बुहारीले त्यसरी वचन लगाउँदा त छोराले केही भन्न नसक्ने रहेछ । त्यसमाथि आएदेखि यही घरमा कुँजिएर बस्दाबस्दै म त हैरान भइसकेँ ।”
“त्यही त, आफ्नो घरमा महाराज महारानी जस्ता भएर बसेका हामीलाई विदेश भन्ने कुरा त सुनको पिँजडा जस्तै भयो । अब हामीले छिटै यो पिँजडाको बार तोडेर आफ्नै गुँडमा फर्कने तयारी गर्नुपर्छ है बुढा ।” नर्वदाले लामो समयको झरी रोकिएपछि देखिएको घामजस्तै उज्यालो मुख लगाउँदै कमललाई भनिन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।