चार मुक्तक : श्रीबहादुर केसी शैलुङ्गे

चार मुक्तक : श्रीबहादुर केसी शैलुङ्गे

कपन अनलाइन

काठमाण्डौ,असार ६।

धन हुनेले तुजुक देखाउछन् उनकै जयकार छ
हुँदा खाने असहाय गरिबको जिन्दगी मार छ
सुनिदिने बुझिदीने कोही नहुँदा भुइँ मान्छे को मर्म,
सोझा सिधा जनहरुकै सधैँ सधैँ हार गुहार छ ।

लोकतान्त्रिक गणतन्त्रमा श्रमिकको हाल उस्तै
बर्षौ बर्ष फेरिदै आइरहने नयाँ पुराना साल उस्तै
सहायक मार्ग पुल निर्माण चुनाव अघिको नारा भयो,
देशको मियो ठुलाबडाको नियालेर हेर्दा चाल उस्तै ।

वियोगको काँडा पन्छाएर कति हिँड्ने लामो बाटो
पीडा दर्द अनेकन सहदैँ हत्केलाले छुँदै माटो
सङ्घर्षको मैदान भित्र परिश्रमको महत्व बुझी रहे,
खनी जोति अनाज फलाउन उब्जाउ गरिन्छ पाटो ।

मनको मझेरीमा लाली फूल फूलिरहोस प्राथना गरे
अधेरी हटाइ स्वर्णिम विहानी खुलिरहोस प्राथना गरे
खादा र माला लगाइ रहन सकौ जव गलाभरी,
साहित्यको सिर्जनामा मन भुलिरहोस प्राथना गरे ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।