समायोजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न

समायोजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

समायोजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ -३  को सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको तपेस पार्टी प्यालेसमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्यहरुलाई विविध विषयमा प्रशिक्षण प्रदान गरिनुका साथै अन्तरक्रिया समेत गरिएको थियो ।

सो सहकारी संस्थाका संचालक समिति अध्यक्ष दामोदर पौडेलको अध्यक्षता र नगरपालिकाको सहकारी शाखाका प्रमुख अच्युत खड्काको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको सहाभागिता रहेको थियो ।

संस्थाले हरेक वर्ष आयोजना गर्दै आएको सो उत्प्रेरणा कार्यक्रममा बरिष्ठ प्रशिक्षक रमण भट्टराईले सुखद जीवन र व्यवस्थापनका विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।