समायोजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १७।
समायोजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ -३ को सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको तपेस पार्टी प्यालेसमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्यहरुलाई विविध विषयमा प्रशिक्षण प्रदान गरिनुका साथै अन्तरक्रिया समेत गरिएको थियो ।
सो सहकारी संस्थाका संचालक समिति अध्यक्ष दामोदर पौडेलको अध्यक्षता र नगरपालिकाको सहकारी शाखाका प्रमुख अच्युत खड्काको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको सहाभागिता रहेको थियो ।
संस्थाले हरेक वर्ष आयोजना गर्दै आएको सो उत्प्रेरणा कार्यक्रममा बरिष्ठ प्रशिक्षक रमण भट्टराईले सुखद जीवन र व्यवस्थापनका विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए।
तपाइँको प्रतिक्रिया ।
