सुसेलीहरु : मधुसूदनप्रसाद घिमिरे
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १६ ।
गरे नमन
बैसाखमा जाडो भो
भन्दै नभन ।१
झरि परेर
चीसो भयो बैसाख
बर्काे ओढेर ।२।
बुढो भइयो
उमेर त गएछ
जुडो भइयो ।३।
चौहत्तर गो
रोमहरु सेतै भो
दातै झरेको ।४।
मिठो खोजेर
पाइदैन कहिल्यै
खाना रोजेर ।५।
खेति साहित्य
दुइ बिषा तेह्र भो
छैन लालित्य ।६।
कृति वाइस
सोह्र बाल साहित्य
प्रौढ लालित्य ।७।
पुग्यो छ सय
पत्रिका र रेडियो
छरे निर्भय ।८।
गरे थेसिस
चार जना बिद्यार्र्थी
तीन क्याम्पस ।९।
बायो डाटामा
सुसेलि पो घन्काएं
छैन घाटामा ।१०।
यस्तै लेखे छु
सुसेलिको साहित्य
राम्रो देखे छु ।११।
नयाँ बर्षले
नागरिक खुशी हुन्
बितोस् हर्षले ।१२।
यो हो त्रियासि
युवाको छ सर्कार
न हौ निरासि ।१३।
शुभ कामना
ढिलो भयो हजुर
छ है बन्दना ।१४।
अधिक मास
जेठमैना सुरु छ
पुरु पुज्नु छ ।१५।
माल्पुवा दान
घिउ दीप दानले
छ है उत्तम ।१६।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
