जन्मदाता आमा : पदम दाहाल

जन्मदाता आमा : पदम दाहाल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९ ।

जन्मदाता आमाबाबा नहुनू आश्रमैमा
घरै राख सन्तान हो बोक वरदान !

वर्ष दिनमा यौटा दिन मातृ–औंसी भन्छन्
चोखो मिठो खाने लाउने दातृ दिन गन्छन्
साथ राखी माया देऊ मान्यजन मान
यौटा दिन मात्रै पर्खी वर्ष रुङ्छौ किन ?

जस्ले दिइन् जन्म कर्म दुग्धधारा प्याइन्
काख, हात, पिठ्यूँमाथि च्यापी चारो ख्वाइन्
नबिर्स हे छोराछोरी ! आमा त्यस्तीलाई
अन्यायले न्याय हुन्न आश्रममा धाई ।

धनसम्पत्ति भन्दा प्यारो जन्मदाता मान
आमाबाबु भन्दा दोस्रो न हो गुरु ज्ञान
आँसु झर्दा पोल्ला त्यल्ले श्राप मिल्ला ठान
दिन सके सेवा तिम्ले त्यै हो देवधाम ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।