गजल : मानन्धर अभागी
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २ ।
अन्तिम ढुकढूकीमा कोई साथ थिए
मेरो वियोगमा रूने अनिँदो रात थिए ।
दिएन था मलाई म भित्र के हूँदैछ
भन्नै न हुने मलाई केही बात थिए ।
आँखाबाट आँसु झार्दै मलाई हेरी रही
सुँक्क्सूँक्क् गर्दै मेरो हातमा हात थिए ।
भाग्य मेरो लेखो टारेर टार्न सक्तैन
खानु पर्ने ओषत्ती खातका खात थिए ।
मेरो निम्ती भोली हुन्छ वा हुँदैन
मलाई भेट्न आत्तुर ठुलो जमात थिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
