जिन्दगी पानी : धनक बहादुर थापा ( कविता )

जिन्दगी पानी : धनक बहादुर थापा ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

जिन्दगी पानी बनोस्
बहोस् निराकार
उठाउन् अञ्जुलीमा परिश्रमी हातहरू
मेटुन प्यासका घुट्काहरू…
निर्झर त्यो झरना बनोस्
कल्कलाउदै बगोस् नदिझै निरन्तर
ंिसचोस् मेरै देशको माटो
अनि उर्वर बनोस् तपोभूमी ..

हिमाल चाँदी चुलियोस् अझ
स्वाभिमानको सगरमाथा
पहाड बनोस् हरियाली
संझोस् मायालुले वशन्तमा
लालीगुराँसको जवानी !
तराई झुलुन् सुनका बाला
मिर्मीरे विहानीमा..
बिउँझोस् एकताका माला गाँसि
टेथिस सागरको अलिखीत सभ्यता….!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।