रिलायन्स इन्टरनेशनल एकेडेमीको आयोजनामा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता हुने

रिलायन्स इन्टरनेशनल एकेडेमीको आयोजनामा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

रिलायन्स इन्टरनेशनल एकेडेमीले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा गरेको छ।

सो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसँगै कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने जनाएको छ । यस वर्षको निबन्ध प्रतियोगिताको विषय “समयको माग : सुशासन र भ्रष्टाचारमुक्त नेपाल” राखिएको छ ।

सहभागी विद्यार्थीहरूले नेपाली वा अंग्रेजी भाषामध्ये कुनै एक भाषामा अधिकतम ३०० शब्दभित्र निबन्ध तयार गरी पठाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले वैशाख १ गतेदेखि ३० गतेसम्म निबन्ध पठाउन सक्नेछन् । प्राप्त निबन्धमध्ये उत्कृष्ट छनोट गरी नतिजा कलेजको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीले १५ हजार रुपैयाँ नगदसहित कक्षा ११ र १२ अध्ययनका लागि भर्ना तथा शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित भर्ना र ९ महिनाको शुल्कमा शतप्रतिशत छात्रवृत्ति पाउनेछन् । तेस्रो हुनेले ६ हजार रुपैयाँ नगदसहित भर्ना र ६ महिनाको शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट १० जना सहभागीलाई सान्त्वना पुरस्कारस्वरूप २ हजार ५ सय रुपैयाँ नगदसहित भर्नामा ५० प्रतिशत र २ महिनाको शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । इच्छुक विद्यार्थीहरूले आफ्नो नाम, विद्यालयको नाम, जिल्ला र सम्पर्क नम्बर सहित निबन्ध eca.cca@ria.edu.np मा पठाउन सक्नेछन् ।

तपाइँको प्रतिक्रिया ।