होस् सुशासन : चन्द्रा न्यौपाने

होस् सुशासन : चन्द्रा न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

भयो अचम्म !
जादुको छडीमा झैँ
प्रायः भो डम्म ।१।
चौतारी झम्म
मै हुँ भन्ने धेरैको
तोडियो दम्भ ।२।
फाटोस् बादल
अमृतझैं होस् वर्षा
घन्कोस् मादल ।३।
मैलो बगाओस्
होस गरी सरेर
राम्रा बचाओस् ।४।
बढोस् है ज्ञान
रछ्यान नि सुधार्न
जाओस् है ध्यान ।५।
सबै समान
पक्षपात नहोओस्
होओस् इमान ।६।
स्वच्छ भावले
बागडोर बढोस् है
स्वस्थ कामले ।७।
अनुशासन
दक्षता र योग्यता
होस् सुशासन ।८।
नहोस् झमेला
सेवा सर्वसुलभ
नहोस् अबेला ।९।
लय लम्कियोस्
यत्रतत्र सर्वत्र
ज्योति चम्कियोस् ।१०।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।