चारु : पवनकुमार बुढाथोकी

चारु :  पवनकुमार बुढाथोकी

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

बल्ल बल्ल घमण्डी स्वभाव ढलेको छ
चुनावले धेरैका पुर्पुरो बलेको छ !

सत्तासीन विरुध्दको आन्दोलनले त
नजल्नु पर्ने धरोहर नै जलेको छ !

अहिले मात्र हैन है पहिलेदेखि नै
निमुखालाई भाग्यले सधैँ छलेको छ !

जो जो शक्ति र पदमा बसेका हुन्छन् नि
तिनैका मात्र धेरै वर्चस्व चलेको छ !

अक्षमका भ्रष्टाचार र कुशासनले
नैतिकताका पर्खाल यहाँ गलेको छ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।