चार मुक्तक : दुर्गा आचार्य

चार मुक्तक :  दुर्गा आचार्य

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
सत्ता परिवर्तन हुन लाएको देश
भष्ट्रचारले गाजेर खाएको देश
जुन जोगि आएपनि कानै चिरेको,
होकि सतिले सराप पाएको देश ।

वलिदान दिने अन्याय परेर गयो
जनताको चहाना त्यसै मरेर गयो
कति गरिबको बास उजाडिएको छ,
आमा बुवाको भाग्य पनि हरेर गयो ।

म दिदै छु मनले लिनु शुभकामना आज तिमीले
हेर्न पाईयोस् संस्कारी भएर गरेको राज तिमीले
लखेट लाचारी अनि अत्यचारी शासकहरूलाई,
अब न्यायको खाली झोला भरेर गर्नु काज तिमीले ।

युवा शक्ति जति विदेशमा सहरा खोज्न जाने कता
अब त बेलैमा बृद्ध आश्रमलाई रोज्न जाने कता
घर सुन्य छ गाउँ सु्न्य छ मलामि जाने जन छैनन् ,
घर चुहिने भएछ कस्लाई भन्नु बोज्न जाने कता ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।