झिल्का कविता : ईश्वर साउद (भिक्षु)
कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
रफ्तार बदलिएको होइन
हेर्ने दृष्टिकोण बदलिएको
पुरानै पन रहिन । १)
आफन्ति कहिलै भईन
पर्छ एक्लैले जिउने
यहाँ भलाद्मी रइन । २)
खरिदमा पाईन्न ईज्जत्
खास तिम्रो भलाईको
सत्यता इमानदार वेज्जत् । ३)
हुदैनन् खोलि किनारा
नबित्दै ताजा घाऊ
बदलिएको देखिन्छ पारा । ४)
नाजुक जिन्दगीमा मेरो
भेटिन्छन् अनेकौं घाऊ
भेटिन्छन् थरीथरीका अफ्ट्यारो । ५)
महल बिनाको राजा
भेटियो दुर्लभ हैँ
बजाउछन नचाहिने बाजा । ६)
साहासि बनेर जिऊ
आफ्नै माटाको मुनि
नेपाली पानी पिऊ । ७)
हासेर चलाउ जीवन
आफैलाई गर्दै भरोसा
नेपालीलाई साथ धन । ८)
हजारौंको भिडन्तमा निखारिदै
बढ्दै जाऊ अगाडि
सुखदुःखले जिन्दगी भरिदै । ९)
समस्याको गर्ने हल
काम जारि छ
खटिराछु दिनरात पल ।१०
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
