बुढानिलकण्ठ–१० मा नौमती बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने
कपन अनलाइन
काठमाण्डौ ,चैत १५।
बुढानिलकण्ठ नगरपालिका वडा नं १०ले नौमती बाजा संरक्षण तथा विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार परम्परागत सांगीतिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले “नौमती बाजा प्रशिक्षण कार्यक्रम” सञ्चालन गर्न लागिएको हो।
सूचनामा उल्लेख भएअनुसार कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्ति वा समूहले आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन पेश गर्न सक्नेछन्। तालिममा सहभागी हुन नागरिकता वा राष्ट्रिय परिचयपत्रको फोटोकपी र स्थायी बसोबास प्रमाणित गर्ने कागजात अनिवार्य गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
