झोला : नारायण कोइराला (लघुकथा)

झोला : नारायण कोइराला (लघुकथा)

कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
मलाई झोला उचाल्दा गरुङ्गो लाग्यो । झोला खोलेँ।समान मिलाउन थालेँ।धेरै पुराना समान रहेछन् । “कामै नलाग्ने समान बोकेर हिँड्ने म कस्तो मान्छे ?” आफैले प्रश्न गरेँ ।
झोलाबाट ती पुराना सामानहरू सबै फालेँ । चाहिने मात्र राखेँ । झोला कति सुन्दर र सफा देखियो । बोक्दापनि हलुङ्गो भयो ।
झोलामा भएको परिवर्तनले मेरो मस्तिष्कमा हलचल मच्चायो ।
अनि सोच्यो । “अबको चुनावमा देशको फोहोर पनि सफा गर्नुपर्छ ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।